News Portal

  • प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा गजुरेल नियुक्त

    रातोपोस्ट संवाददाता
    ३२ पटक

    काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन् ।
    प्रधानमन्त्री प्रचण्डले गजुरेलाई यसअघि नै प्रमुख राजनीतिक सल्लाहकार बनाउने प्रस्ताव गरेका थिए ।

    गजुरेल सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहन्थे । तर, उनको ठाउँमा युवा नेता युता लेखनाथ दाहालले टिकट पाएर निर्वाचित भएका थिए ।

    आफूले टिकट नपाएकोमा असन्तुष्टी जनाउँदै गजुरेलले असहमति पत्र समेत माओवादी पार्टी कार्यालयमा बुझाएका थिए । त्यसलाई बुझेर प्रधानमन्त्री प्रचण्डले आफूलाई सहयोग गर्ने जिम्मेवारी लिन गजुरेलसँग आग्रह गरेका थिए । गजुरेल माओवादीभित्र प्रचण्डका आलोचक र सर्मथक दुवै मानिन्छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)