News Portal

सहयाेगी भावना भएका कपिल

रातोपोस्ट संवाददाता
१८५ पटक

झापा, २० माघ । व्यापारसँगै सामाजिक क्षेत्रमा सक्रिय कपिल क्षेत्री मेची उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष बन्ने दौडमा छन् । मेचीनगरको धुलाबारी निवासी क्षेत्री लामाे समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय रहेका छन् ।

लामाे समयदेखि व्यवसाय सुरु गरेका क्षेत्रीसँग व्यापार गर्दाका तिता र मिठा दुवै अनुभव छ । गार्मेन्ट व्यवसायीको रुपमा परिचित उनीको धुलाबारी बजारमा रेडिमेट पसल छ भने विर्तामोडमा कोल्ड स्टोर सञ्चालनमा छ । चीनबाट सामान नेपाल ल्याउने इम्पोर्टरको रुपमा व्यवसाय गरेका उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय राजस्व समितिको सदस्य समेत रहेका छन् ।

व्यवसायीले नाफामात्र हेर्दैन भन्ने गतिलो उदाहरण बनेका क्षेत्री समाज रुपान्तरणमा उत्तिकै सक्रिय छन् । उनी थुप्रै सामाजिक संघसंस्थामा आबद्ध छन् । उनी रोटरी क्लव जस्तो मानवीय संस्थामा पनि नेतृत्वदायी कार्य गरिसकेका छन् ।
यस अघि संस्थामा रहदा उनले मेची आम्दा हस्पिटलमा अक्सिजन प्लान्ट ल्याउन निर्माणमा महत्त्वपूर्ण भुमिका रहेकाे थियाे । कोरोनाकाे समयमा व्यवसायीमा गएर गरेकाे सहयाेगकाे कारण उनी व्यवसायी विच लोकप्रिय रहेका छन् ।

सामाजिक संघसंस्थाको नेतृत्वदायी अनुभव सँगालेका क्षेत्रीले उद्योग व्यापारका क्षेत्रमा काम गर्ने अवसर प्रदान गर्न सम्पूर्ण व्यवसायीमाझ अपिल गरेका छन् । उनले भने, ‘व्यवसायीका तमाम समस्याहरु समाधान गर्नका निमित्त मलाई काम गर्ने अवसर प्रदान गरिदिनु होला ।’ व्यवसायीका दुःखसुखमा सधैँ साथ दिँदै आएका क्षेत्रीले अब नीति बनाएर व्यावसायिक क्षेत्रलाई प्रवद्र्धन गर्न लागि पर्ने बताए ।

प्रतिकृया दिनुहोस्