News Portal

रोटरी क्लब काँकरभिट्टाले दियाे नगरपालिकालाई १ सय थान व्हिलचियर

रातोपोस्ट संवाददाता
२१४ पटक

झापा, ६ फागुन । रोटरी क्लब अफ काँकरभिट्टाले झापाको मेचीनगर नगरपालिकालाई १ सय थान व्हिलचियर हस्तान्तरण गरेको छ । आज नगर परिषरमा एक कार्यक्रमका बिच क्लबले उक्त व्हिलचियर नगरपालिकालाई उपलब्ध गराएको हो ।

क्लबको १३ औँ स्थापना दिवसको अवशरमा नगर क्षेत्रका अपांगता भएका व्यक्तीहरुलाई लक्षित गर्दै व्हिलचियर उपलब्ध गराएको क्लबका अध्यक्ष सुजन प्रधानले बताए । ‘हामीले यसअघि पनि यस्ता विभिन्न सामाजीक कार्यहरु गरेका छौँ, यसपटक अझ वृहत रुपमा नगरलाई व्हिलचियर उपलब्ध गराएका हौँ ।’ उनले भने, ‘नगरपालिकाले छिट्टै कार्यविधि बनाएर यस व्हिलचियर वितरण गर्ने हामीले अपेक्षा गरेका छौँ ।’

उनका अनुसार रोटरी क्लब अफ काँकरभिट्टाले व्हिलचियर उपलब्ध गराएको हो । व्हिलचियर ढुवानीको खर्च भने नगरपालिकाले व्यहोरेको छ । नगर क्षेत्रका अपांगता भएका व्यक्तिहरुको सहजताका निम्त्ति व्हिलचियर उपलब्ध गराएकोमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले क्लबलाई धन्यवाद ज्ञापन गरेका थिए । नगरले छिट्टै अपांगता भएका व्यक्तिहरुको पहिचान गर्दै कार्यविधि निर्माण गरेर व्हिलचियर वितरण गर्ने पनि उनले बताए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेती, निमित्त प्रमुख प्रसाशकिय अधिकृत होमनाथ भण्डारी, विभिन्न वडाका वडा अध्यक्षहरु, रोटरीका सदस्यहरु तथा संचारकर्मीहरुको उल्लेख्य उपस्थित रहेका थिए ।

प्रतिकृया दिनुहोस्