News Portal

  • बुद्धिमान तामाङ राप्रपा संसदीय दलको उपनेता चयन

    रातोपोस्ट संवाददाता
    ३६ पटक

    काठमाडौं, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेतामा पार्टी उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् । राप्रपा संसदीय दलको शनिबार बसेको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो ।

    प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् । तामाङ समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन यसअघि नै संसदीय दलको नेता चयन भइसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)