News Portal

एसईईका परीक्षार्थीलाई तरुल उपहार

रातोपोस्ट संवाददाता
१५० पटक

झापा । एसईई परीक्षार्थीको तयारीमा जुटेका परीक्षार्थीहरुलाई वडा कार्यालयले आइतवार अचानक भेला पार्यो । झापा, मेचीनगरको वडा नम्वर ४ का आधा दर्जन सामुदायिक र निजी विद्यालयका सय वढी परीक्षार्थी वडा कार्यालय बाहुनडा“गीको सा“घुरो कोठमा जुटे ।

स्थानीय विद्या विकास एकाडेमीकी सेविका दाहाललाई वडाले संचालन गरेको कार्यक्रम देखेर अनौठो लाग्यो । एसईईको तयारीमा जुटेका सेविका जस्ता धेरै परीक्षार्थीले आइतवार नौलो अनुभव संगाले । परीक्षाको तीव्र तयारीमा जुटेका वडाभरीका परीक्षार्थीलाई एकैथलोमा भेला गरेर परीक्षामा सफल वन्ने सुत्र मात्रै बाडिएन, तरुल पनि उपहार दिएर पठाइयो । तरुल किन उपहार दिएको होला ? सवै विद्यार्थीका मनमा जिज्ञासा उव्जियो । विद्यार्थीको जिज्ञासा मेट्दै वडा अध्यक्ष अर्जुन कुमार कार्की बोले ‘तपाईहरुलाई यो तरुल तरकारी खान दिएको हैन, रोप्न दिएको हो, रोप्नुस् ।
फलेपछि हामी हेर्न आउने छौ ।’तरुल उपहार पाउ“दा पशुपति माविकी रोश्ना मगरलाई अनौठो लाग्यो । घर गाउ“मा फलेको देखिरहेको तरुल किन उपहार दिएको होला भन्ने जिज्ञासाले उनको मनमा डेरा जमाइ रह्यो । वडा कार्यालयले अरु नै कुनै चीज उपहार देला भन्ने अनुमान गरेकी उनको अनुमान फेल खायो । ‘अनुमान नै नगरेको चीज पाउ“दा छक्क परेकी छु’, रोश्नाले आश्चर्यचकीत हुदै सुनाइन्,‘वडा अध्यक्षले तरुल रोपेर फलाउनु भन्नु भएको छ । फलाएर देखाउ“छु ।’

हात्ती आतंकसंग वर्षौदेखि जुध्दै आएको पूर्वोत्तर झापाको यो वडामा फलाइएका अन्नवाली हात्तीले सखाप पार्ने गर्छ । तरुल चाही“ हात्तीले कम क्षति गर्ने तरकारी वाली हो । तरुल खेतीमा प्रोत्साहनगर्न वडाले गत माघे संक्रान्तीमा ‘तरुल महोत्सव’ नै आयोजना गर्यो । देशमै पहिलो पटक आयोजना भएको महोत्सवमा दर्जनौ प्रजातिका तरुलहरुको प्रदर्शनीसंगै विक्री वितरण पनि भयो । ‘आगामी वर्ष आयोजना हुने तरुल महोत्सवलाई लक्षित गरेर विद्यार्थीलाई तरुल उपहार दिइएको हो’, वडा अध्यक्ष कार्कीले थपे,‘सय वढी विद्यार्थीले आज रोपेको तरुल अर्को वर्ष सयौ किलो फल्ने पक्का छ ।’

खासमा वडाले पछिल्लो पुस्ताले विर्सदै गएको नेपाली तरकारी तरुल जस्ता वस्तुहरुको पहिचानसंगै संरक्षण गर्ने र हात्तीवाट क्षति पनि न्यूनीकरण गर्ने उद्देश्य राखेर विद्यार्थीलाई तरुल उपहार दिएको हो । वडाले हात्तीले क्षति नै गर्न नसक्ने वालीका रुपमा तरुल खेतीप्रति स्थानीय किसानलाई प्रोत्साहन गर्दै आएको वडा सदस्य पवन वराइलीले जनाए । ‘जमीन मुनी फल्ने भएकाले हात्तीले कम क्षति गर्ने तरकारी हो तरुल’, कार्यक्रममा निम्त्याइएका ग्रामीण पर्यटनका भारतीय अभियन्ता राज बासुले भने,‘हात्ती प्रभावित क्षेत्रमा वैकल्पिक वालीको रुपमा तरुल उपयुक्त वाली हो ।’

प्रतिकृया दिनुहोस्