News Portal

महिला उद्यमी संघ झापाको अध्यक्षमा शुस्मा भण्डारी चयन

रातोपोस्ट संवाददाता
३१३ पटक

बिर्तामोड, १९ बैशाख । महिला उद्यमी संघ नेपाल झापाको अध्यक्षमा शुस्मा भण्डारी चयन भएकी छन् । साेमबार बिर्तामोडमा सम्पन्न संघको चाैथाे अधिवेशनबाट भण्डारीलाई अध्यक्षमा चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा सर्मिला अधिकारी, उपाध्यक्ष पूनम उप्रेती, महासचिवमा यमुना तिवारी चिमरिया, सहसचिवमा युनिता दवाडी र कोषाध्यक्षमा पूजा सुब्बा चयन भएका छन् । ११ सदस्यीय कार्यसमितिको सदस्यहरुमा पुनम अधिकारी, बिना दाहाल, दीपा श्रेष्ठ, पारुग ओली र कल्पना कडरिया रहेका छन् ।

संघकी अध्यक्ष नैनकला भट्टराईको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाकी उपसभापति शान्ता रोक्काको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रोक्का, विशेष अतिथिहरु बिर्तामोड नगरपालिका नगर कार्यपालिका सदस्य यमुना आचार्य, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, सप्तकोशी विकास बैंकका प्रबन्ध निर्देशक दिनेश पोखरेल रहेका थिए ।

कार्यक्रममा एक्सेल डेभलपमेन्ट विकास बैंकका निर्देशक डा. इन्द्रकुमार कट्टेल बीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा लगायतले शुभकामना मन्तव्य राख्दै यस्तो धारणा राख्नु भएकाे थियाे।

प्रतिकृया दिनुहोस्