News Portal

मेचीनगरमा उभौली पर्वको अवसरमा पूर्वमन्त्रीदेखि पूर्वमेयरसम्म सम्मानित

रातोपोस्ट संवाददाता
२१८ पटक

झापा, २२ वैशाख । झापाको मेचीनगर-९ स्थित किरातेश्वर माङहिमले एक कार्यक्रमको आयोजना गर्दै पूर्वमन्त्रीदेखी पूर्व नगरप्रमुख सम्मलाई सम्मान गरेको छ ।

बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा आज एक भव्य कार्यक्रमको आयोजना गर्दै किरातेश्वर माङहिमले पूर्व कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री समेत रहेका नरेन्द्रविक्रम नेम्वाङ, माङहिम मन्दिर निर्माणका निम्त्ति जग्गा जग्गादाता दम्पती पदमबहादुर योङहाङ र मनमाया योङहाङ तथा मेचीनगर नगरपालिकाका पूर्व नगरप्रमुख बिमल आचार्यलाई सम्मान गरेको हो ।

सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रसिद्ध मुन्धुम तथा ज्योतिषविद् डा. चन्द्रकुमार शेर्माले खदा ओढाएर सम्मान गरेका थिए ।

नवनिर्मित माङहिम मन्दिरको समुद्घाटन समेत गरिएको कार्यक्रममा विभिन्न जातजातीका सांस्कृतिक नृत्य तथा परम्परागत चण्डी, साकेला, च्याब्रुङ, केलाङ, मेची लगायतका नाचहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख आतिथि शेर्माले किराती संस्कार, संस्कृति तथा सभ्यतालाई बचाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए । भगवान गौतम बुद्धले देखाउनुभएका मार्गदर्शन समेतको चर्चा गर्दै उनले भने ‘हाम्रा मुन्धुम, रितिथिति, संस्कृति, पहिचान बचाउन सबै एकजुट हुनुपर्छ, हाम्रा पुस्ताहरुलाई संस्कार संस्कृतिका बारेमा सिकाउनुपर्छ तब मात्र हाम्रो संस्कार जिवन्त रहन्छ ।’

माङहिमका अध्यक्ष कविन्द्र बिक्रम नेम्वाङले प्रतिवेदन प्रस्तुत रहेकाे कार्यक्रममा सम्मानित व्यक्तित्व तथा मेचीनगरका पूर्व नगरप्रमुख आचार्य, सेवा सावा संघका केन्द्रिय सचिव वीरेन्द्र आङदेम्बे, सत्यहाङमा सेवा संघ केन्द्रिय सचिव शिवकुमार साउदेन लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका सल्लाहकार संयोजक प्रेम सम्बाहाम्फेले उपस्थितलाई स्वागत गरेकाे कार्यक्रममा मुकेश लिम्बुको सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्