रातोपोस्ट संवाददाता
झापा, २८ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरुप आज देशैभरी प्रदर्शन गर्न लागिएको नेकपा एकीकृत समाजवादी पार्टीका झापा जिल्ला सचिव बिपि भट्टराईले जानकारी दिए ।
आज दिनको ३ बजे झापाकाे बिर्तामोडसहित देशका सबै जिल्लामा विरोध प्रदर्शन गर्ने उनले बताएका छन, ‘जनबर्गीय सङ्गठनलाई यस अभियानमा साथ दिन पार्टीका सबै तहमा सकुलर गरिएकाे उनले बताए ।
उनका अनुसार हिजो माइतीघर मण्डलामा पनि पार्टीका भातृ संगठनले प्रदर्शन गरेकाे जानकारी दिए।