News Portal

मेचीनगरमा चप्पल बनाउने तालिम सम्पन्न

रातोपोस्ट संवाददाता
१९५ पटक

झापा, २ जेठ । झापाको मेचीनगर नगरपालिकाकाे आयाेजनामा भएकाे १८ दिने उद्धमशीलता विकाश तथा परालकाे चप्पल बनाउने तालिम मंगलवार समापन भएकाे छ ।

“सिप सिकाैँ स्वराेजगार बनाैँ” भन्ने मुल नारासहित राष्ट्रपति महिला सशक्तीकरण परियाेजना अन्तर्गत तालिम समापन समाराेहकाे प्रमुख अतिथि नगर उपप्रमुख मीना पाेखरेल उप्रेती रहेकी थिइन् । नगरपालिकाका उद्धम विकाश सहजकर्ता गंगा साेरेन र आश्र्विनीकुमार भट्टराईले नगरका १५ वटै वडाबाट सहभागी २२ जनालाई तालिम प्रदान गरेका थिए ।

तालिममा उद्धमशिलता विकास तालिम ८ दिन र परालकाे चप्पल बनाउने तालिम १० दिन सञ्चालन गरिएकाे थियाे । समापन समाराेहमा बाेल्दै प्रमुख अतिथि उपप्रमुख उप्रेतीले तालिममा सिकेकाे सीपलाई व्यवहारमा उतारेर व्यवसाय सञ्चालन गर्न सके हरेक महिलाहरू आत्मनिर्भर बन्ने स्पष्ट पारेकी थिइन् ।

सहजकर्ता गंगा साेरेनले सञ्चालन गरेकाे समापन समाराेहमा प्रमुख अतिथि उप्रेतीले सहभागिताकाे प्रमाण पत्र प्रदान गरेकी थिइन् ।

मेचीनगर वडानम्वर १० का वडा सदस्य विशाल कार्कीकाे सभापतित्वमा भएकाे कार्यक्रममा तालिममा सहभागी अनिता राजवंशी, छाया पाैडेल, गीता भेटवाल लगायतले आ-आफ्नाे अनुभव शेयर गरेमा थिए । मेचीनगर स्तरीय महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल, लघु उद्धमी समुह संघ झापाकाे अध्यक्ष निर्मला चाैहान भण्डारीलगायतले आ आफ्नाे विचार राखेका थिए ।

प्रतिकृया दिनुहोस्