News Portal

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै नेकपा एसले बुझायो ज्ञापनपत्र

रातोपोस्ट संवाददाता
२२१ पटक

झापा, ४ जेठ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)निकट जनवर्गीय संगठनको आयोजनामा बुधबार देशैभरीका प्रमुख जिल्ला अधिकारीमाफर्त प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

भुटानी शणनार्थी प्रकरणमा सरकारलाई खुट्टा नकमाउन भन्दै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमाफर्त प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हाे ।

कार्यक्रममा नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष देबी बरालको नेतृत्वमा गएको टिमले ज्ञापन पत्र बुझाएका थियो । कार्यक्रममा दलित मुक्ति संगठनका केन्द्रीय अनुशासन आयोगका केन्द्रीय सदस्य तारा रुचाल, पदम सुब्बा, देबी अधिकारी, पर्शुराम शंकर, देउधन राई , इन्द्र निरौला, मिना राजबशी, प्रेम सागर सपकोटा, महेन्द्र पोखरेल लगाएतका नेता कार्यकर्ताको उपस्थित रहेको जिल्ला सचिव बि. पी. भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस्