रातोपोस्ट संवाददाता
काठमाडौँ, ५ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि सामुदायिक वनजंगलमा वन्यजन्तु (पशुपक्षी) पालनको अनुमति दिने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले आवश्यक कानुनको निर्माण गरेर सामुदायिक वनमा वन्यजन्तु पालनका लागि अनुमति दिने भएको हो ।
प्रतिनिधिसभामा आगामी वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षदेखि आवश्यक कार्यविधि बनाएर परिक्षणकारुपमा हरिन, मृग र कालिजजस्ता वन्यजन्तु र पन्छीको नियन्त्रितरुपमा परीक्षण र व्यावसायिक पालन सुरु गर्ने बताए ।