News Portal

नगरपालिकाकाे हेपाहा प्रवृत्तिका कारण खानेपानीले काट्याे धारा

सरकारी निकाय नै तिर्दैनन् खानेपानीको महसुल

रातोपोस्ट संवाददाता
२०६ पटक

मेचीनगर, ५ जेठ। काँकरभिट्टा खानेपानीकाे पैसा नबुझाए पछि मेचीनगर नगरपालिकामा जोडिएको धारा काटिएको छ ।

चार बर्षदेखि खानेपानीको महशुल नबुझाएको भन्दै काँकरभिट्टा खानेपानीले नगरपालिका परिषरमा जोडिएको दुई वटा धारा काटिदिएको हो ।

बारम्बार जानकारी गराउँदा पनि नगरपालिकाले बेवास्ता गरेको र पैसा बुझाउने तर्फ चासो नै नदिएकाले धारा काटिएको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष राजकुमार पराजुलीले बताए ।

‘अध्यक्ष पराजुलीले नगरपालिकालाई मिनिरल वाटर (बाेतल ) काे पानी तिर्न पैसा हुन्छ तर खानेपानीकाे बिल तिर्ने पैसा हुँदैन । नगरले सात लाख भन्दा बढि रकम बक्यौता तिर्न बाकी रहेकाे हुनाले धारा काटिएको बताए । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले नगरपालिकालाई जानकारी नै नदिई धारा काटिएकाे उनले कताए ।

प्रतिकृया दिनुहोस्