झापा, ६ जेठ । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन हल्दिबारीको अध्यक्षमा राम बहादुर लावती सर्वसम्मत चयन भएका छन् । आज हल्दिबारीमा सम्पन्न अधिवेशनले लावतीको नेतृत्वमा १२ जनाको नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिकाे उपाध्यक्षमा संजय चौधरी, सुमन ठकुरी, अंकुश थापा र मौसम रिजाल चयन भएका छन् । यसैगरी, सचिवमा हरिशंकर संग्रौला र कोषाध्यक्षमा जिवन अधिकारी चयन भएका हुन । सदस्यहरूमा हल्दिबारी गाउँपालिकाका ५ वटै वडाका युवकहरूको प्रतिनिधित्व रहेको छ। सागर भट्टराईको अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य नवराज पनेरुकाे रहेका थिए ।
अधिवेशनमा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, महिला संगठन केन्द्रीय सदस्य सीता श्रेष्ठ, युवक संगठनका प्रदेश अध्यक्ष राजकुमार योङहाङ, युवक संगठन झापा अध्यक्ष राजकुमार राई, क्षेत्रिय अध्यक्ष तुलशा आचार्य, प्रदेश (ख) का अध्यक्ष एवम् हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलगायत उपस्थिति रहेको थियो। पवन चम्लागाईले स्वागत गरेको कार्यक्रमको संचालन सचिव अनिल चौहानले गरेका थिए।