News Portal

१० वटा डोजर चलाएर खाली गराइयो बुधबारे हटिया

रातोपोस्ट संवाददाता
१४५ पटक

झापा, ८ जेठ । झापाकाे पुरानो बुधबारे हटियाको घरटहरा बिर्तामोड नगरपालिकाले भत्काएको छ । बुधबारे हटियामा साेमबार एकै पटक १० वटा डोजर चलाएर नगरपालिकाले घरटहरा भत्काएको हाे । विर्तामोड नगरपालिका–५ मा रहेको बुधबारे हटिया हटाउन लामो समय प्रयास गरेको नगरपालिकाले अन्तयमा बल प्रयोग गरेको थियाे ।

हटिया खाली गराउन नगरपालिकाले पटकपटक पत्राचार र सूचना जारी गरको थियो । तर व्यापारीले अटेर गरेपछि डोजर प्रयोग गरी नगरपालिकाले टहरा भत्काउन थालेको हो । टहरा भत्काउन १० वटा डोजर परिचालन गरिएको छ भने भारी संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपाने जानकारी दिए ।

सुरुमा उद्योग बाणिज्य संघ विर्तामोड तथा व्यापारीहरुले डोजर चल्न नदिन प्रयास गरेका थिए । व्यापारीले एउटा डोजरका अगाडि सिसा समेत फुटाइदिएका छन् । यस अघि बिर्तामोडका १० वटै वडाका ५४ जना जनप्रतिनिधिहरुको आज विहान बसेको विशेष बैठकले बजार खाली गराउने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्