News Portal

बर्ने खानेपानी समितिमा शेर्मा

अस्मिता बर्देवा
२८४ पटक

बुधबारे, १० असार । झापाकाे बुद्धशान्ति गाउँपालिका- ४ स्थित बर्ने खानेपानी तथा सरसफाई उपभोक्ता समितिकाे अध्यक्षमा पुनः फौदराज शेर्मा निर्वाचित भएका छन् । शनिबार सम्पन्न साधारण सभाबाट शेर्मा अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा दिल कुमार लावुङ, सचिवमा प्रदिप राई, सहसचिवमा करण योङहाङ र कोषाध्यक्षमा बविता चेम्जोङ निर्वाचित भएका छन् । सदस्यहरुमा थरेन्द्र पोख्रेल, छबिलाल फुरुम्बो, लोपनाथ पौडेल, सरण लिम्बू, राम कुमारी लिम्बू र उषा लिम्बू निर्वाचित भएका छन् । नवनिर्वाचित शेर्माले यसअघि दुई कार्यकाल बिताईसकेका छन्। यो उनको तेस्रो कार्यकाल हो ।

अघिल्लो कार्यकालमा खानेपानीमा सुधारका साथै प्रशोधन केन्द्र र डिपबोरिङ बनाएका कारण उपभोक्ताले आफुलाई तेस्रो पटक पनि पत्याएर निर्वाचित गरेको शेर्माले बताए ।

प्रतिकृया दिनुहोस्