News Portal

मेचीनगरका दुई सडक सहिदका नाममा घोषणा

रातोपोस्ट संवाददाता
२८२ पटक

झापा, १४ असार । मेचीनगर नगरका दुई सडक सहिद मार्गको रुपमा घोषणा गरिएको छ । मेचीनगरको काँरभिट्टा बाहुनडागी हुँदै निन्दा सिरानसम्मको सडक र धुलाबारी ज्यामिरगढी हडियासम्मको सडकलाई सहिदको नामबाट मार्ग घोषणा गरिएको हो ।

मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर परिसदमा दुई सडक सहिद मार्गकाे नाममा घोषणा गरेका छन् । बिहिवार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले बिशेष प्रस्ताव मार्फत साे घोषणा गरेका हुन् ।

धुलाबारी ज्यामिरगढी जोड्ने सडक सहित बिरेन राजबंशीको नामबाट बिरेन राजबंशी मार्ग र काकँरभिट्टा बाहुनगाडी सडक सहिद बिश्वनाथ घिमिरे मार्ग घोषणा गरेका हुन ।

२०२९ सालमा जेल सार्ने निहुँमा झापाको सुखानी खोलामा फागुन २१ गते बिरेन राजवंशी गोलीहानी हत्या गरिएकाे थियाे । त्यसैगरी २०१९ जेठ ३१ गते बाहुनडाँगीबाट चन्द्रगढी जाँदै गर्दा प्रहरीले एक्लै पारी गोली हानेर नेपाली काँग्रेसका नेता, महामानव वीपी कोइरालाका प्रियपात्र एवम् तत्कालीन बाहुनडाँगीका जनप्रिय प्रधानपञ्च विश्वनाथ घिमिरेको हत्या गरेका थिए ।

प्रतिकृया दिनुहोस्