मेचीनगर, २३ असार । मेचीनगरमा युवा नागरिक समाज गठन भएको छ । युवा समाजसेवी प्रकाश खड्काको नेतृत्वमा एक कार्यक्रमका बिच युवा नागरिक समाज मेचीनगर गठन भएको हो । धुलाबारीको रोयल निर्मान होटलमा सम्पन्न युवाहरुको भेलाले खड्काको अध्यक्षतामा २१ सदस्य कार्यसमिति सर्वसम्मत गरेको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा प्रविन भण्डारी, उपाध्यक्षमा रोशन भुजेल, सचिवमा ओमप्रसाद तिम्सिना, सहसचिवमा रमेश निरौला, कोषाध्यक्षमा पुजन खवास र सहकोषाध्यक्षमा कृष्ण मेचे रहेका छन् । त्यस्तै सदस्यहरुमा काशीनाथ पौडेल, बालकृष्ण धिताल, प्रकाश शाह, धनराज गिरी, राजेश कट्टेल, योगेन प्रधान, कृष्ण खड्का, शिवशंकर शाह, राजन सापकोटा, बिकास बस्नेत, बलबहादुर राजवंशी, शिव दाहाल, गोपिकृष्ण रिजाल र तुलसी राई रहेका छन् ।
समाजमा भएका बिकृति, बिसंगती र भष्ट्रचारलाई निर्मुल पार्ने उदृेश्यले मेचीनगरमा युवा नागरिक समाज गठन गरिएको अध्यक्ष खड्का बताउँछन् । अब नवगठित युवा नागरिक समाजले सामाजिक क्षेत्रमा सक्रिय रहने उनले बताए । युवा नागरिक समाज झापा अध्यक्ष केशव भण्डारीको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष डिल्ली सुब्बा, कोषाध्यक्ष रामचन्द्र मैनाली, भद्रपुर अध्यक्ष प्रेम खनाल लगायको आतिथ्यता रहेको थियो ।