News Portal

डी. काैडिन्य स्मृति पत्रकारिता पुरस्कार अधिकारीलाई

रातोपोस्ट संवाददाता
२३१ पटक

झापा, ७ साउन । प्रेस सेन्टर नेपाल झापा शाखाले यस वर्षको डी. काैडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार दीपक अधिकारीलाई प्रदान गरेको छ । गाैरीशंकर स्मृति प्रतिष्ठानमा आइतबार आयोजित समारोहका बीच पत्रकार अधिकारीलाई प्रदेश सरकारका मन्त्री राजेन्द्र कार्कीले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकका अनुसार पुरस्कारकाे राशि २१ हजार रुपैयाँ छ । नाैलाे आवाज साप्ताहिकका सम्पादक अधिकारी अढाई दशकदेखि पत्रकारितामा सक्रिय छन् । पत्रकार अधिकारीकाे व्यक्तित्वमाथि प्रेस सेन्टरका निवर्तमान अध्यक्ष झुलन रेग्मी र डी काैडिन्यका विषयमा अग्रज पत्रकार विमल लामिछानेले प्रकाश पारेका छन् ।

पुरस्कार वितरण समारोहमा नेकपा माओवादी केन्द्रीय सदस्य लक्ष्मी न्याैपाने, प्रदेश सदस्य मणिकुमार साम्पाङ, नेता सीपी कडरिया, प्रेस सेन्टर नेपालका उपाध्यक्ष विवेक गाैतम, काेसी प्रदेश अध्यक्ष बिनाेद घिमिरे, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, डी काैडिन्यकी छाेरी तृष्णा आचार्य लगायतको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्