News Portal

कन्टेनर बाहिरिएको विषयमा के भन्छ भन्सार प्रशासन ?

नवराज सुवेदी
२१५६ पटक

मेचीनगर, १३ साउन । मेची भन्सार कार्यालयबाट भन्सार नतिरी कन्टेनर बाहिरिएको विषयमा भन्सार प्रशासनले भने उक्त कन्टेनर भन्सारबाट बाहिरिएको नभइ ढुवानी (ट्रान्सपोर्टेसन)को कन्टेनर भएको जनाएको छ ।

अर्थात भन्सार प्रशासन भन्छ ‘यस कन्टेनर भन्सारबाट बाहिरिएको होइन, ढुवानीको कन्टेनर हो ।’ भन्सारबाटै करोडौँको सामान लिएर कन्टेनर बाहिरिएको समाचार सार्वजनिक भएसँगै हामीले भन्सार प्रमुख रामप्रसाद रेग्मीसँग सम्पर्क गरेर वास्तविकता बुझ्ने प्रयास गर्यौँ ।

जसक्रममा उहाँले आफु विदामा रहेको भएपनि यस विषयमा गम्भीर भएर लागिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामीलाई प्राप्त जानकारी अनुसार यस कन्टेनर भन्सारबाट बाहिरिएको होइन, ट्रान्सपोर्टेसनको कन्टेनर हो भन्ने जानकारी छ । यद्यपी हामी अनुसन्धान गरिरहेका छौँ ।’

प्रतिकृया दिनुहोस्