News Portal

कन्टेनर प्रकरण : अब सिसि क्यामेरातर्फ सोझिन्छ अनुसन्धान !

नवराज सुवेदी
४८४ पटक

मेचीनगर, १३ साउन । मेची भन्सारबाट राजश्व नतिरी कन्टेनर बाहिरिएको प्रकरणमा भन्सार प्रशासनले ‘कन्टेनर भन्सारबाट बाहिरिएको होइन’ भनेसँगै करोडौँको सामान लिएर उक्त कन्टेनर कहाँबाट आयो भन्ने जिज्ञासा चौतर्फी रुपमा उठेको छ ।

शुक्रबार राति भन्सार परिषरभन्दा ५ सय मिटर मात्रै वारीपट्टी प्रहरीले उक्त कन्टेनर नियन्त्रणमा लिएको थियो । शनिबार उक्त कन्टेनर चेकजाँच गर्ने क्रममा करोडौँको सामान फेला पर्यो । तर, उक्त सामानको न कुनै बिलबिजक छ, न त चालक नै फेला परेका छन् ।

यसै अवस्थामा भन्सार प्रशासन पनि उक्त कन्टेनर ‘भन्सारबाट बाहिरिएको होइन’ भन्छ । जुन अन्योलताले यस प्रकरणको अनुसन्धान अब कसरी अघि बढ्छ भन्नेमा चौतर्फी जिज्ञाशा बढेको छ । अझ अनुसन्धानको पक्ष के पनि छ भने उक्त कन्टेनरबाट बरामद सामान कसको हो ? कन्टेनर धनी को हुन् ? भन्ने प्रश्न पनि छ । जुन विषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेकै छ ।

कन्टेनरकै सन्दर्भमा भन्सार प्रमुखले ‘कन्टेनर भन्सारबाट बाहिरिएको होइन’ भनेर आफ्नो धारणा सार्वजनिक गरेसँगै अब सिसि क्यामेरामार्फत अनुसन्धान गर्नुपर्ने आम नागरिकले माग गरेका छन् । प्रहरीले भन्सार छलीको आशंकासहित कन्टेनर पक्रिनु अनि भन्सार प्रशासनले ‘भन्सारबाट बाहिरिएको होइन’ भन्नुले पनि अब गम्भीरतापूर्वक सिसि क्यामेरामार्फत अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

यसअघि रातोपोष्टसँगको कुराकानीमा भन्सार प्रमुख रामप्रसाद रेग्मीले पनि अब सिसि क्यामेरा चेकजाँच गर्नुपर्ने बताएका थिए । जसअनुसार अब उक्त प्रकरणको अनुसन्धान सिसि क्यामेरा मार्फत गरिनुपर्ने भन्सार प्रमुखको आशय थियो । सिमामा हुने अवैद्य घट्ना निरीक्षणकै लागि काँकरभिट्टामा दर्जनौँ सिसि क्यामेरा जडान गरिएका छन् । जुन क्यामरामा कैद फुटेजले पनि सत्य तथ्य सार्वजनिक गर्ने नै छ ।

प्रतिकृया दिनुहोस्