News Portal

उपभोक्ता जागरण अभियानले भन्यो ‘भन्सारको काम कारवाहीमै आशंका गर्ने स्थिति उत्पन्न भयो’

रातोपोस्ट संवाददाता
३८८ पटक

मेचीनगर, साउन १४ । मेची भन्सारबाट करोडौँ मुल्य बराबरको सामान राजश्व छलेर भित्राइएको घट्नाले भन्सार प्रशासनको काम कारवाहीमै आशंका गर्ने स्थिती उत्पन्न भएको उपभोक्ता जागण अभियान नेपाल, झापाले बताएको छ ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला कार्य समितीले उक्त कुरा बताएको हो । ‘राजधानीको त्रिभुवन विमानस्थल भन्सारबाट एक क्विन्टल सुन र मेची भन्सारबाट एक करोड रुपैँयाभन्दा बढी मुल्यको सामान राजश्व छलेर हालै भित्राइएको घट्नाले भन्सार प्रशासनको कथनी र करनीमा आशंका गर्ने स्थिती उत्पन्न भएको छ ।’ उक्त अभियानका जिल्ला अध्यक्ष मोहन काजी तथा सचिव विशाल थापाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ।

उपभोक्ता जागरण अभियानले यससँगै अन्य पनि विभिन्न बुँदाहरु उल्लेख गर्दै सम्बन्धित निकायलाई झकझक्याएको छ । तरकारी तथा फलफूलहरुको विषादी परिक्षण नभइ बजारमा बिक्रि वितरण भइरहेको स्मरण गराउँदै भारतबाट आयात भएको तरकारी तथा फलफूलहरुको भन्सार विन्दुमै परिक्षणको व्यवस्था मिलाउन पनि अभियानले माग गरेको छ ।

यस्तो छ विज्ञप्ति :

प्रतिकृया दिनुहोस्