News Portal

मेयरकाे नेतृत्वमा धुलाबारी बजारकाे अनुगमन

रातोपोस्ट संवाददाता
२८३ पटक

झापा, १४ साउन । मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी नेतृत्वको बजार अनुगमन टोलीले धुलाबारी बजारमा अनुगमन गरेको छ । बजारमा अत्यावश्यक सामाग्रीको कालोबजारी हुन नदिन मेचीनगर नगरपालिका मेयर बुढाथोकी नेतृत्वको आज धुलाबारी बजार क्षेत्रका किराना पसलमा आकस्मिक अनुगमन गरेको हो ।

अनुगमनका क्रममा टोलीले धुलाबारीको पौडेल किराना पसल, मास भेराइटिज स्टोर, दास किराना पसल लगायतमा अनुगमन गर्यो । अनुगमनका क्रममा मूल्यसूची नराखेको, म्याद गुज्रिएका लगायतका सामानहरु भेटिएको थियो ।

मेचीनगर नगरपालिकाले बजार अनुगमन कार्यलाई निरन्तरता दिने जनाएको छ । पहिलो चरण अन्तर्गत व्यवसायीलाई सम्झाइ बुझाइ गरेको र आगामी दिनमा कमजोरी भेटिए तत्काल कारवाही गर्ने नगर प्रमुख बुढाथोकीले बताए ।

अनुगमनमा नगर उपप्रमुख मीना उप्रेती, कृषि शाखा प्रमुख दिपेन्द्र कार्की, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई लगायत प्रहरी प्रशासन सहभागी थिए । नगरको अनुगमन टोली आउने सूचना थाहा पाएका केही व्यापारीले सटर बन्द गरेर भागे भने केहीले अनुगमन टोलीलाई जवाफ दिन सकेनन् । भारतीय सीमा नजिक रहेका पसलहरुमा अधिकांश सामानहरु भारतीय नै प्रयोग हुने गरेको गुनासो बढिरहेको छ ।

प्रतिकृया दिनुहोस्