News Portal

राप्रपा मेचीनगर अध्यक्षको भूमिका निष्क्रिय

रातोपोस्ट संवाददाता
५५३ पटक

मेचीनर, १ भदौ । आफूलाई प्रजातान्त्रिक पार्टी ठान्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नगर अध्यक्षको भूमिका निष्क्रिय बनेको छ । पार्टीको नगर अध्यक्ष सविना बजगाईं प्रदेश सांसद भएपछि पद भूमिकाविहीन बनेको छ ।राप्रपा मेचीनगर सम्मेलनबाट बजगाईं अध्यक्ष बनेकी थिइन् ।

उनी गत मंसीरको निर्वाचनबाट प्रदेश सांसद भएपछि पार्टीको जिम्मेवारी हेर्ने गरी सचिव बिशालकृष्ण बाँतोलालाई अख्तियारी दिइएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशनमा नगर अध्यक्ष तत्काल परिवर्तन नगर्न भनिएको सचिव बाँस्तोलाले जानकारी दिए ।

‘हाम्रो पार्टीको नगर अधिवेशन हुन ७–८ महिना मात्रै बाँकी छ,’ नगर सचिव बाँस्तोलाले भने, ‘त्यतिन्जेलसम्म उहाँ (सविना बजगाईं) लाई नै दिने गरी काम कारवाही भइरहेको छ । राप्रपा नगर पार्टीको तर्फबाट नगर सचिव बाँस्तोला प्रायजसो कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

उनैले राप्रपा मेचीनगरको नेतृत्व गरिरहेका छन् । नगर पार्टीको उपाध्यक्षमा होम विष्ट छन् । तर, उनी सार्वजनिक कार्यक्रमा देखिँदैनन् । सो पार्टीले अहिले ‘नविन राप्रपा’ अभियान सञ्चालन गरिरहेको छ । ६ महिने अभियानमा पार्टी होमिएको नगर सचिव बाँस्तोलाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्