रातोपोस्ट संवाददाता
झापा, ६ भदौ । झापाको अर्जुनधारा–९ का २४ वर्षीय अमृत रेग्मीको करेन्ट लागेर बुधवार दिउँसो मृत्यु भएको छ ।
श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन गएका अमृतको करेन्ट लागेर ज्यान गएको हो ।
कुटी काट्ने मेसिनबाट अचानक ममतालाई करेन्ट लागेपछि अमृत बचाउन गएका थिए । उनलाई पनि करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका अमृतलाई उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको झापा प्रहरीले जनाएको छ । ममताको भने बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।