मेचीनगर । बाँसबारी सामुदायिक वन उपभोक्ता समुहको २८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज (शनिबार) वनको कार्यालय परिषर मेचीनगर-११ मा सयौँ उपभोक्ताहरुको उपस्थितीमा सभा सम्पन्न भएको हो ।
मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभा उद्घाटन समारोहमा एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने तीन जना विद्यार्थीहरुलाई सम्मान स्वरुप नगद तीन हजारका दरले छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुढाथोकीले सामुदायिक वनहरुले अब नयाँ ढंगको कार्य गर्नुपर्ने धारणा राखे । ‘सबै सामुदायिक वनहरुको कार्य एकै किसिमको जस्तै भयो, अब नयाँ ढंगले कार्यसम्पादन गर्नुपर्छ । अधिकांश वन वनभोज स्थलका रुपमा विकास हुँदै गइरहेका छन्, यस अवसरलाई मध्यनजर गर्दै अब पिकनिक स्पट मात्रै नभएर पर्यटक आउने पर्यटकिय स्थलका रुपमा पनि वन क्षेत्रलाई निर्माण गर्नुपर्छ’, कार्यक्रममा बोल्दै उनले भने ।
कार्यक्रममा प्रमुख अतिथी बुढाथोकीसँगै बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, मेचीनगर नगरपालिका वडा नं ११ का वडाध्यक्ष रुद्र डाँगी, मेची सब डिबिजन वन कार्यालयका प्रतिनिधि डिल्लीराम खेरल, सामुदायिक वन जिल्ला महासंघका अध्यक्ष वेदप्रकाश भण्डारी, सामुदायिक वन नगर महासंघकी अध्यक्ष जानुका ओली, नेकपा एमाले मेचीनगर ११ का अध्यक्ष सागर ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मेची सब डिबिजन वन कार्यालयका प्रतिनिधि टिकाप्रसाद दाहाल, सामुदायिक वन महासंघ झापा जिल्ला सल्लाहकार सदस्य लता प्रसाई लगायतको उपस्थिती रहेको थियो । वन समुहकी अध्यक्ष अम्बीका मैनाली प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुहकी उपाध्यक्ष यशोदा डाँगीले स्वागत गरेकी थिइन् भने सचिव कृष्ण प्रसाद भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।