News Portal

शिवसताक्षीका सन्तबहादुर रुखमै अस्ताए

रातोपोस्ट संवाददाता
२३२ पटक

झापा, ३१ भदाै । झापा शिवसताक्षी नगरपालिका-८ रत्नचोकका सन्तबहादुर तामाङको रुख चढेको अवस्थामा मृत्युभएको छ । आइतबार बिहान साढे सात बजे रुखमा चढेर घाँस काट्ने क्रममा उनको रुखमै मृत्यु भएको हो ।

घर नजिकै रहेको ३५-४० फिट अग्लो खरीको रुखमा घाँस काट्ने क्रममा रुखको हाँगाको कापमा सन्तलाई अड्किएको अवस्थामा परिवारका सदस्यले देखेर इलाका प्रहरी कार्यालय झिलझिलेमा खबर गरेका थिए ।
तामाङलाई प्रहरीले उद्दार गरी रूखबाट तल निकालेको थियो ।

तर, तामाङको रुखमै मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । तामाङ उच्च रक्तचापको रोगी भएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्