झापा, ३ असाेज । नेपालसहित चार देशका भन्सार अधिकारीहरुले सीमा भन्सारमा हुने समस्या समाधान गर्दै व्यापार सहजीकरणका लागि पहल गर्ने ‘म्युच्यल अन्डरस्टान्डिङ’ गरेका छन् । भारत, बंगलादेश, नेपाल र भुटानका अधिकारीहरुले अन्तर सीमा व्यापारका विभिन्न आयामवारे खुला छलफल समेत गरेका थिए ।
दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) को आयोजनामा मंगलवार धुलावारीस्थित मेची क्राउनमा सम्पन्न चार देशिय बैठकमा ती अधिकारीको छलफलमा त्यस्तो निर्णय गरेको हो ।
वैठकमा व्यापारिक समस्या, व्यापारीका गुनासाहरुलाई खुला रुपमा छलफल गरी कानुनी रुपमा कार्यान्वयनका लागि पहल गर्ने निर्णय भएको छ । चारै देशका भन्सार अधिकारीहरुले एक अर्काका देशको व्यापार सहजीकरण गरी अप्ठ्यारो वारे कानुन वमोजिम समस्या समाधानमा पहल गर्ने निर्णय भएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जनाए । चार देशका १८ जना प्रतिनिधिसम्मिलित वैठकमा एसियाली विकास वैंकका पर्यवेक्षकहरु समेत सहभागी थिए ।