News Portal

असोज २९ गतेदेखि नयाँ नोट साट्न पाइने

रातोपोस्ट संवाददाता
१४४ पटक

काठमाडौँ, २१ असाेज । दसैँ–तिहार तथा छठ विशेष नयाँ सुकिला नोट आगामी २९ गते साट्न पाइने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने जनाएको हो ।

उपत्यकाभित्र बैंकको केन्द्रीय कार्यालयसँगै शाखा कार्यालयसहित इजाजत प्राप्त बैंक तथा वित्तीयको सबै कार्यालयहरुबाट नयाँ नोट सटही गर्न सकिने बैंकले जनाएको छ । विगतका वर्षहरुमा जस्तै दसैँ तिहार र छठका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको जनाएको बैंकले प्रतिव्यक्ति १८ हजार ५० रुपैयाँसम्म सटही सुविधा उपलब्ध हुने जनाएको छ ।

बैंकका अनुसार रु.५, रु.१०, रु.२०, रु.५० र रु.१०० दरका एक एक बन्डल उपलब्ध हुनेछ । यस्तो नोट सटहीका लागि उपत्यका बाहिर राष्ट्र बैंकको शाखा तथा क्षेत्रीय कायालयसँगै अन्य बैंक तथा वित्तीय संस्थाहरुले तोकेको केन्द्रहरुमार्फत सटही सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्