News Portal

मेचीनगरबाट भन्सार छली गरेर ल्याइएका ४ लाख ५० हजारबढीको अवैध कपडा बरामद

रातोपोस्ट संवाददाता
३३१ पटक

झापा, १५ कात्तिक । झापाको मेचीनगर नगरपालिका–५ स्थित राजवंशी टोलबाट अवैध भन्सार छलीका रेडिमेड कपडाहरु प्रहरीले बरामद गरेको छ ।

चाडपर्व विशेष सुरक्षा योजना अनुसार मंगलबार राति इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको उलनको सर्ट ९३ पिस, जम्पर १ सय १७ पिस र फुल भेष्ट १४ पिस बरामद गरेको हो ।

बरामद भएका करिब ४ लाख ५० हजार भन्दा बढी मूल्य बराबरको रेडिमेड कपडा आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस्