News Portal

संजोगको उपचारका लागि ५० हजार आर्थिक सहयोग

रातोपोस्ट संवाददाता
२२८ पटक

झापा, १७ कात्तिक । गरीवीका कारण ब्रेन हेमोरेज (मस्तिष्क घात)को उपचार गराउन नसकिरहेका धुलाबारीका ३० वर्षीय संजोग थापा मगरलाई क्यारिटास नेपालले ५० हजार सहयोग गरेको छ ।संजोगको उपचारमा आर्थिक अभाव भएको समाचार प्रकाशित भएपछि क्यारिटासले उपचारका लागि सो रकम सहयोग गरेको हो ।

क्यारिटास नेपालका कोशी प्रादेशिक कार्यालय दमकका प्रमुख देबेन्द्र पोखरेल र वरिष्ठ कर्मचारी हिमालयन अधिकारीले आज बिर्तामोड स्थित बीएन्डसी अस्पतालमै पुगेर बिरामीका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका थिए । सो रकम बिरामी संजोगका वुवा राजेन्द्र थापा मगर, आमा दिलमाया थापा मगर र भिनाजु थमबहादुर तामाङलाई हस्तान्तरण गरिएको थियो ।

गाउँतिर मजदुरी गरेर परिवारको जीविका चलाउँदै आएका विपन्न परिवारका संयोगलाई सत्र दिनअघि कात्तिक १ गते उच्च रक्तचापका कारण घरमै मस्तिष्क घात भएको थियो । त्यसपछि उपचारका लागि बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल प्रशासनले संजोगको हालसम्मको उपचारको बक्यौता ६ लाखभन्दा धेरै भइसकेको बताएको छ । हाल संजोग आइसीयु कक्षमै छन् । उनको टाउकाको शल्यक्रिया भइसकेको छ ।

संजोग बचाउ अभियानमार्फत उपचार सहयोग जुटाउन संजोगका भिनाजु थमबहादुर तामाङको नाममा ग्लोबल आइएमई बैंक धुलाबारी शाखामा बचत खाता खोलिएको छ । खाता नं. ०२३०७०१०१२४९५९ मा इच्छुक दाताहरुले सहयोग रकम जम्मा गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्