News Portal

आज मन्त्रिपरिषद् बैठक बस्दै

रातोपोस्ट संवाददाता
१७९ पटक

काठमाडाै, १९ कार्तिक । मन्त्रिपरिषद्को बैठक आज बिहान बस्दैछ । बैठक बिहान आठ बजे बस्न लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।

भूकम्पमा परी धनजनको क्षति भएपछि त्यसमा आवाश्यक निर्णय लिन प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बैठकले जाजरकाेट भूकम्प पीडितका लागि राहत प्याकेज घाेषणा गर्ने सम्भावना छ । भूकम्पबाट भएकाे क्षतिकाे विवरण हेरेर राहत तथा पुनर्निर्माणका लागि प्याकेज घाेषणा गर्ने सरकारकाे तयारी छ । भूकम्पमा परि अहिलेसम्म १ सय ५७ जनाकाे मृत्यु भएकाे गृह मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्