News Portal

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउन थाल्यो

रातोपोस्ट संवाददाता
१९१ पटक

काठमाडौँ, २० कार्तिक । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २२ लाख २१ हजार १ सय ११ रुपैयाँ जम्मा भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार मात्रै सहयोगी हात बढाउन विभिन्न बैङ्कको खाता सार्वजनिक गरेको थियो ।

सोमबार अपराह्नसम्म भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार एक सय ११ हजार रुपैयाँ, बुद्ध एयरबाट १ करोड रुपैयाँ र एलपी ग्यास कम्पनीले ११ लाख ११ हजार रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

कार्यालयका आर्थिक प्रशासन शाखाका प्रमुख सूर्य भण्डारीका अनुसार सहयोगी रकम आउने क्रम जारी छ । उनले भने,‘ आज दिउँसो चार बजेसम्म जम्मा भएको रकमको विवरण यही हो, आउने क्रम जारी होला ।’

प्रतिकृया दिनुहोस्