झापा, २० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी झापाले भूकम्प प्रभावितका सहयाेग लागि राहत संकलन अभियान सुरु गरेको छ । यसैक्रममा आज धुलाबारी बजारमा नेकपा झापाले भूकम्प प्रभावित क्षेत्रमा राहत बितरणका लागि सहयोग सङ्कलन अभियान सुरु गरेको हाे ।
प्राकृतिक विपत्तिले ल्याएको मानवीय संकटमा राहत दिनका लागि राहत संकलन अभियान सुरु गरिएकाे नेकपा पुर्वी झापाका ईन्चार्ज प्रशान्त सीले बताए । पार्टी केन्द्रको निर्देशन अनुसार खाद्यान्न, लत्ता कपडा, त्रिपाल लगायतका सामग्रीहरु सङ्कलन गरी भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पठाइने नेकपा झापाले जनाएको छ ।
नेकपा झापाले हिजाे विर्तामाेड र आज धुलाबारीमा विभिन्न व्यवसायीहरुका बिच राहत तथा सहयोग संकलन अभियान गरेकाे हाे । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पले ठुलो जनधनको क्षति भएको थियो । नेकपा पुर्वी झापाका ईन्चार्ज प्रशान्त सीकाे कमाण्डमा पुर्वी झापाका सचिव हुकुम सी, मेची ब्युरोको जबसका फ्याक्सन इन्चार्ज साैगात सी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) संगठनका मेची ब्युरोकी इन्चार्ज राेसन सी र चमललाल माझीकाे सहभागिता रहेकाे थियाे । हिजाेबाट सुरु भएकाे राहत सङ्कलन अभियान बुधबार सम्म गर्ने बताइएकाे छ ।