News Portal

दुवै मिर्गौला फेल भएका पत्रकार दियालीको याचना : सहयोग पाए बाँच्ने थिएँ

रातोपोस्ट संवाददाता
२६१ पटक

झापा, २२ कार्तिक । इटहरीका अगुवा पत्रकार पीबी (प्रेमबहादुर ) दियालीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचारका लागि सहयोगको याचना गरेका छन् । विगत ३ दशकदेखि पत्रकारितामा सक्रिय दियालीले दुवै मिर्गौला काम नलाग्ने अवस्था भएको र पारिवारिक अवस्था पनि नाजुक भएको भन्दै उपचारको सहयोगका लागि सरकार, सामाजिक संघ संस्था र मनकारी दाताहरूसँग याचना गरेका हुन् । ‘मलाई बचाइदिनु पर्यो’, ४८ वर्षीय उनले याचना गरे ।

लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी दियालीको गत वर्षदेखि मिर्गौलामा समस्या देखिएका थिए । लामो समय उच्च रक्तचाप र मधुमेहको कडा औषधि सेवनका कारण मिर्गौलाले काम गर्न छाडेको चिकित्सकलाई उद्धृत गर्दै दियालीले भने ।

दियाली नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य तथा दलित विभाग संयोजकको जिम्मेवारीमा छन् । उनी नेपाल दलित पत्रकार संघ, धरानबाट प्रकाशित ब्लास्ट दैनिक र समाजवादी प्रेस संगठनको केन्द्रीय सदस्य पनि हुन । हाल उनी गणराज्य साप्ताहिक पत्रिका र मकालु अनलाइनका प्रधान सम्पादक रहेका छन् । सम्पत्तिको नाममा इटहरीमा एउटा सानो घर रहेका उनका श्रीमती र एक छोरा छन् । श्रीमती चिया नास्ता पसल सञ्चालन गर्छिन् । माओवादीनिकट भएको आरोपमा संकटकालका समयमा तीन महिना प्रहरी हिरासतमा बिताएका उनलाई ३ सय ३५ दिन नजरबन्दमा राखिएको थियो ।

प्रतिकृया दिनुहोस्