News Portal

हाम्रो नेपाल साकोसको साधारण सभा मंसिर २७ गते हुने

रातोपोस्ट संवाददाता
२१९ पटक

झापा, २४ कात्तिक । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी पौने १९ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म संसथाको शेयर पुँजी १८ करोड ८७ लाख ४८ हजार ७ सय रुपैयाँ पुगेको अध्यक्ष भवानीप्रसाद दंगालले जानकारी दिए ।

त्यस्तै, संस्थाको जगेडाकोष १ करोड ८८ लाख १५ हजार ७ सय ८२, कुल संस्थागत पुँजी २ करोड ५ लाख ५० हजार २ सय, विभिन्न कोषहरु ५ करोड ६९ लाख ७८ हजार ५ सय ३५ रुपैयाँ रहेको छ ।

कूल बचत एक अर्ब १४ करोड ११ लाख ६४ हजार ५८ रुपैयाँ रहेको हाम्रो नेपालको कर्जा लगानीमा कर्जा १ अर्ब ८४ करोड ७२ लाख ६ हजार ७९२ रुपैयाँ रहेको छ ।

संस्थामा तरलता २० दशमलव ७९ प्रतिशत अर्थात् २३ करोड ९३ लाख ४ हजार ६ सय २२ रुपैयाँ रहेको छ भने कूल सम्पत्ति २ अर्ब २१ करोड ३५ लाख ५३ हजार ७५ रुपैयाँ रहेको अध्यक्ष दंगााले बताए ।

संस्थामा आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म २० हजार ९ सय ८१ महिला र १४ हजार ९ सय ३ पुरुष गरी ३५ हजार ८ सय ८४ जना सेयर सदस्य रहेको संस्थाका सहायक प्रबन्धक सरोज दाहालले जानकारी दिए ।

यसैबीच, संस्थाको ११ औँ साधारणसभा यही मंसिर २७ गते हुने भएको छ । कोशी प्रदेशको तीन जिल्लामा ३१ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको संस्थाको मंसिर १३ गतेदेखि २० गतेसम्म इकाइगत साधारणसभा सम्पन्न हुनेछ । सबै सेवा केन्द्रको सातवटा इकाइगत साधारणसभा गरेर मंसिर २७ गते अन्तिम माइन्युट प्रमाणीकरण भेला गरी साधारणसभा सम्पन्न गरिने दंगालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्