झापा, २६ कार्तिक । झापाको धुलाबारीमा सामाजिक संस्था थ्रीडी युवा ग्रुपले दिपावलीको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ ।
थ्रीडी (ड्रिम्स, डिसिपिलेन, डिस्टिनेशन) संस्थाको आयोजनामा शुक्रबार आयोजित साँस्कृतिक कार्यक्रमको उद्घाटन संविधानसभा सदस्य रविन कोइरालाले गरेका थिए ।
मेचीनगर-१० धुलाबारी स्थित कृष्ण पार्टी प्यालेसमा शुक्रबार साझ सम्पन्न साँस्कृतिक कार्यक्रममा गायन, नृत्यसंगै गजल, कवितालगायतका प्रस्त भएका थिए । उक्त साँस्कृतिक कार्यक्रममा विभिन्न जातजातिका नृत्य तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो ।
भव्यरूपमा सम्पन्न भएकाे कार्यक्रममा गायक प्रतीक चापागाईं, समीर रसाइली, मनोज कार्की, दुर्गा भण्डारीसंगै पुर्वाञ्चल बोर्डिङ स्कुल, होलिबेल बोर्डिङ स्कुल, कन्भेन्ट बोर्डिङ स्कुल, महासरस्वती बोर्डिङ स्कुल,, कवि शिरोमणि मावि, भानु मावि र राजवंशी समाज मेचीनगर-८ लगायत संस्थाका कलाकारहरूले भरपुर मनोरञ्जन प्रदान गरेको संस्थाका सचिव सन्तोष धमलाले जानकारी दिए ।
संस्थाका अध्यक्ष रघुनाथ धिमालको अध्यक्षतामा आयोजित उक्त साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य रविन कोइरालाको रहेको थियो । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार सन्तोष आचार्य, युवा व्यवसायी हरि दाहाल, धुलाबारी जेसिस बर्ष २०२३ का अध्यक्ष योगेश राजवंशी, पुर्वाञ्चल बोडिङ्ग स्कुलका प्रिन्सिपल लिला राई, होलिबेल बोडिङ्ग स्कुलका इन्चार्ज सुरज कार्की, काँकडभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति उपाध्यक्ष गोविन्द गिरी, हिमालयन टोल विकास संस्थाका अध्यक्ष उमेश डाँगी, झापाली साहित्य समाजका सचिव कवि विवेक निसानी, सदस्य प्रकाश निराकरलगायतको आतिथ्यता रहेको थ्रीडी युवा ग्रुपका सदस्य सरोज मेहराले जानकारी दिए ।
थ्रीडी युवा ग्रुपका उपाध्यक्ष पवन बराइलीले स्वागत गरेको कार्यक्रम सञ्चालन कोषाध्यक्ष मन्जु चिमिरयाले गरेकी थिइन् ।