News Portal

उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि सकियो छठ

रातोपोस्ट संवाददाता
२०६ पटक

झापा, ४ मंसिर । उदाउँदो सूर्यलाई अर्घ दिएर छठपर्वको मुख्यपूजा विधि सम्पन्न गरिएको छ । आज विहान नजिकैको नदि तथा जलाशयमा गएर ब्रतालुहरुले उदाउँदो सुर्यलाई अर्घ दिएर पाँच दिने छठ पुजा विधिवत रुपमा सम्पन्न गरेका छन । हिजो साँझ अस्ताउँदो सर्यलाई अर्घ दिएका ब्रतालुहरुले नै आज विहान उदाउँदो सुर्यलाई अर्घ दिने धार्मिक नियम छ ।

व्रतालुले घरमा पकाइएको ठकुवा, भुसुवा, टिकिया, मिठाई, फलफूल, नौवैद्य, उखु, नरियल, केरा लगायतका प्रसाद सूर्यलाई अर्घ दिएका छन । आज विहान ६ बजेर २९ मिनेटमा सुर्योदय भएको थियो । केही समय अघिसम्म तराई र मधेशमा मात्रै मनाईने छठ पर्व पछिल्ला दिनहरुमा पहाडी भुभागमा पनि मनाउन थालिएको छ । सबै समूदायको साझा पर्वको रुपमा स्थापित छठ पर्वमा मेचीनगरका अधिकाशं नदि तथा जलाशयहरु झकिझकाउ पारेर सिंगारिएको थियो ।

प्रतिकृया दिनुहोस्