News Portal

हरिबोधिनी एकादशी : झापाका तीन पालिकामा आज सार्वजनिक बिदा

रातोपोस्ट संवाददाता
२३८ पटक

झापा, ७ मंसिर । हरिबोधिनी एकादशी (तुलसी विवाह) को अवसरमा झापाका तीन पालिकाले आज स्थानीय बिदा दिएका छन् । हरिबोधिनी एकादशी पर्वको अवसरमा भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले हरिबोधिनी एकादशीकै दिन स्थानीय बिदा दिएका हुन् । स्थानीय बिदाका दिन पालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठुलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठुलो एकादशी पनि भनिन्छ । हिन्दु धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नु भएका भगवान् विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसै कारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ ।

प्रतिकृया दिनुहोस्