रातोपोस्ट संवाददाता
झापा, ७ मंसिर । झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरका ३६ वर्षीय सुवास लिम्बूले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।
उनले श्रीमती ३५ वर्षीया जुनिता लिम्बूको हत्या गरी आत्महत्या गरेका हुन् । घरदेखि करिब २० मिटर पर चप्पलमा श्रीमतीको फोटो राखेर झुण्डिएको अवस्थामा उनी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
दुवैजनाले मादक पदार्थ सेवन गरी राति झैझगडा गरेको झगडाको क्रममा जुनिताको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । लिम्बू दम्पत्तिका तीन जना नाबालक छोराछोरी रहेका छन् भने शव पोष्टमार्टमका लागि पठाइएको छ । शव मृतकका दाजुले बुझ्ने प्रहरीले जनाएको छ ।