News Portal

भाेलि झापाका चार पालिकामा बिदा

रातोपोस्ट संवाददाता
१५९ पटक

झापा, २४ मंसिर । झापाका चार वटा पालिकाहरूले भोलि स्थानीय बिदा दिएका छन् । हिन्दु धर्मावलम्बीहरूको बाला चतुर्दशी पर्वका अवसरमा अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका, बुद्ध शान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाले भोलि बिदा दिएका हुन् ।

ती पालिकाहरूले सूचना जारी गरी भोलि नगरपालिका–गाउँपालिका कार्यालय र मातहतका शाखा, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू बन्द रहने जनाइएको छ ।

बाला चतुर्दशीमा अर्जुनधारा जलेश्वर धाम, सताक्षीधाम, विराट पोखरी, बाह्रदशी साधुकुटी गौरीशङ्कर शिवालय, मेचीनगरको कृष्ण थुम्कीलगायतका धार्मिक स्थलमा सतबीज छर्ने भक्तालुहरूको भीड लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्