News Portal

माओवादी केन्द्र झापाका लोकप्रिय युवा नेता पाण्डे नेकपामा ध्रुवीकृत

रातोपोस्ट संवाददाता
१९७ पटक

झापा, २१ पुस । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र झापाका २ नम्बर क्षेत्रीय संयोजक तथा १ नम्बर प्रदेश कमिटी सदस्य अर्जुन पाण्डेले माओवादी केन्द्रबाट राजीनामा लेखि नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएका छन् । आज एक विज्ञप्ति प्रकाशित गर्दै उनले नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएको घोषणा गरेका हुन् ।

उनले यतिबेला मुलुक भयानक संकटमा पुगेको र अब निकास अनिवार्य बनिसकेको बोध गर्दै नेपालको अग्रगामी आन्दोलनलाई संगठित गर्न सचेत प्रयत्न गर्नु पर्ने बताएका छन् । त्यसको निम्ति एउटा शक्तिसाली धारा निर्माण गर्नुपर्ने र सबै कम्युनिस्ट, वामपन्थी, लोकतान्त्रिक शक्ति र देशभक्तलाई समेत एक गर्न नेपाल कम्युनिस्ट पार्टी र महासचिव विप्लवमार्फत सचेत पहल लिन सकिने दर्बिलो विश्वास रहेको बताएका छन् ।

पाण्डे बुधाबारे गाविसका तत्कालिन निर्वाचित उपाध्यक्ष हुन् । विद्यार्थी जीवनमा मेची क्याम्पसका निर्वाचित स्ववियु सभापति समेत बनेका पाण्डे लोकप्रिय नेताको रुपमा झापामा परिचित छन् । माओवादी जनयुद्धमा प्रत्यक्ष सहभागी भएर आएका पाण्डे जनतामा सरल र मिजाशिलो ढंगले प्रस्तुत हुने नेता हुन् ।

प्रतिकृया दिनुहोस्