News Portal

प्रकृति सुपारी सहकारीकाे सभा सम्पन्न

रातोपोस्ट संवाददाता
१४८ पटक

झापा, २२ पुस । झापाको मेचीनगरमा संचालित प्रकृति सुपारी सहकारी संस्था लि. मेचीनगरको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । फुलमाया तामाङको अध्यक्षता तथा मेचीनगर-९ का वडाध्यक्ष कन्चन तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा सुपारी किसानलाई ब्यवसायिक बनाई उत्पादन, प्रशोधन र बजारीकरणमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सुपारी खेती विकास संस्थाका अध्यक्ष देबिप्रसाद खतिवडा, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखा प्रबन्धक मुना घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष मनमाया तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन देबिमाया तामाङले गरेकी थिइन् ।

सभाले आब. २०८०/२०८१ का लागि २ करोड ७० लाख रुपैयाँकाे प्रस्तावित बजेट पेस गरेको छ । सहकारीले बचत, ऋण कारोबारसँगै सुपारी उत्पादन-प्रशोधन र बजारीकरण गरी सदस्यलाई ब्यवसायिक बनाउने कार्ययोजना अघि सारेको सदस्य जगत बहादुर तामाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्