News Portal

इलाममा खुकुरी प्रहार गरी छोराको हत्या

रातोपोस्ट संवाददाता
१५९ पटक

झापा, २४ पुस । इलामको माई नगरपालिकामा बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् ।

माई नगरपालिका वडा- ६ का दिलकुमार राईले १८ वर्षीय छोरा जीवन राईको हत्या गरेका हुन् । सोमबार बेलुका ७ बजे घरझगडाका क्रममा ३७ वर्षीय दिलकुमारले छोरा जीवनमाथि खुकुरी प्रहार गरेका थिए । घाइतेलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा आज विहान ३ः२० बजे उनको मृत्यु भएको हो ।

कक्षा ११ मा अध्ययन गर्ने जीवन दिलकुमारका एक्लो छोरा थिए । घटनापछि हिजो बेलुका नै स्थानीयले पक्राउ गरी दिलकुमारलाई प्रहरीको जिम्मा लगाएको स्थानीय पत्रकार बुद्धराज योङहाङले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्