News Portal

प्रहरीले सार्वजनिक गर्‍यो रामबहादुर बमजनलाई

रातोपोस्ट संवाददाता
९८ पटक

काठमाडौं, २५ पुस । प्रहरीले काठमाडौंको बुढानिलकण्ठको हात्तिगौँडाबाट पक्राउ परेका रामबहादुर बमजनलाई सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज बमजनलाई सार्वजनिक गरेको हो ।

हिजो साँझ पक्राउ परेका बमजनलाई आज नै सर्लाही लैजाने प्रहरीको तयारी छ । उनीविरूद्ध अनुयायी बेपत्ता पारेको आरोपमा सर्लाहीमा उजुरी परेको छ ।

बमजनको निवासबाट ३ करोड ३४ लाख ७५ हजार ५ सय रुपैयाँ र ३० लाख ९२ हजार ६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको सिआइबीले जनाएको छ । त्यस्तै बमजनबाट प्रहरीले १४ थान मोबाइल, ५ थान आइप्याड र २० वटा पेन्ड्राइभ पनि बरामद गरेकोछ । बमजनले प्रयोग गर्ने २ वटा गाडी र ४ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्