News Portal

विपन्न १ सय परिवारलाई ब्ल्याङ्केट वितरण

रातोपोस्ट संवाददाता
२०९ पटक

झापा, २ माघ । झापाकाे मेचीनगर–७ का अतिविपन्न १ सय घर परिवारलाई ब्ल्याङ्केट वितरण गरेको छ । साेमबार आयोजित एक कार्यक्रमका बिच मेचीनगर–७ का अतिविपन्न १ सय घर परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको हो । मेचीनगर –७ वडा कार्यालयको समन्वयमा मारवाडी सेवा समिति काँकरभिट्टाले मेचीनगर–७ का अतिविपन्न १ सय घर परिवारलाई ब्ल्याङ्केट वितरण गरेको हो ।

मेचीनगर –७ वडा कार्यालयको समन्वयमा समितिले अति विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण गरेको वडाले जनाएको छ । मारवाडी सेवा समितिका अध्यक्ष रोशनलाल अग्रवाको सभापतित्व तथा मेचीनगर- ७ का वाध्यक्ष प्रहलादमणी ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ओलीले विपन्न परिवारलाई जाडोमा जीवन जिउन कठिन भइरहेको बेला मारवाडी सेवा समितिले न्यानो कपडा ब्ल्याङ्केट वितरण गरेर पुन्यको काम गरेको बताए ।

ब्ल्याङ्केट पाउँदा विपन्न परिवार उत्साहित बनेका थिए । विपन्न परिवारको छनौटमा टोल विकास समितिले संयोजनको भूमिका निर्वाह गरेर पारदर्शी ढंगबाट ब्ल्याङ्केट वितरण गरिएको वडाध्यक्ष ओलीले जानकारी दिए ।
कार्यक्रममा वडा सदस्य अर्जन कार्की, पुनलाल राजवंशी, मिनमाया लिम्बू, टोल अध्यक्षहरु पीताम्बर शर्मा पौडेल, विष्णु भेट्टवाललगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्