News Portal

त्रिशुली नदीमा खसेको गाडी बोलेरो भएको पुष्टि, मानिस भेटिएनन्

रातोपोस्ट संवाददाता
८४ पटक

चितवन, २ माघ । नारायणगढ–मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा खसेको गाडी बोलेरो (सिंगल क्याविन) भएको खुलेको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पानी भित्र गएर खोजी गर्दा बोलेरो गाडी भेटिएको हो।

गोताखोरको टोलीले गाडीमा कुनै पनि मानिस नभेटिएको बताएको छ। मंगलबार बिहान करिब ४:५० बजेतिर इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

गाडी खसेको सूचनापछि नेपाल प्रहरीसँगै उद्धारका लागि सशस्त्र प्रहरीको टोली समेत परिचालन भएको थियो। सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ७ जना गोताखोर सहित १० जना र नम्बर १७ गण चितवनबाट इन्सपेक्टरको कमाण्डमा १३ जनाको फौज परिचालन भएको थियो।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्सपेक्टर) विशाल तामाङका अनुसार गाडी खसेको ठाउँमा भारतीय नम्बर प्लेट समेत फेला परेको छ। नम्बर प्लेट फेला परेअनुसार नदीमा खसेको गाडी भारतीय हुनसक्ने आकलन गरिएको छ। पहिलो चरणको खोजीका क्रममा गाडी भित्र मानिस फेला नपरेको देखिए पनि पुन: दोस्रो चरणको खोजी हुने सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्