News Portal

बुद्वशान्तीमा करोडौं रकम हिनामिना गर्ने सहकारीलाई नेकपाद्वारा चेतावनी

रातोपोस्ट संवाददाता
१६८ पटक

झापा, ५ माघ । झापाको बुद्धशान्ति गाउँपालिका -२ जयपुरमा संञ्चालित जयपुर बहुउद्देश्य सहकारी संस्था लिमिटेडका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा ३ करोड भन्दा बढी रकम हिनामिना भएको खबर बाहिरिएको छ । शेयर सदस्य तथा बचत कर्ताहरुको रकम अपचलन गरेको र सम्बन्धित निकायमा छानविन गरि कारवाही गरि पाउ भन्ने उजुरी दिंदा समेत लामो समय सम्म कुनै पनि कारबाही नभएको जनगुनासो व्यापक बढेको छ।

बचतकर्ताको करोडौं रकम हिनामिना गरिएको खबर बाहिरिए सँगै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले प्रेस वक्तव्य जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

यतिबेला देशैभरीका अधिकांस सहकारी संचालक र व्यवस्थापकहरुको मिलेमतोमा जनताको सम्पत्ती ब्रहम्लुट भईरहदा सुशासन र कानुनी राज्यको हवाला दिने सरकार साथै नियम र कारवाही गर्ने सम्बन्धित निकायहरु मौनता साधेर बस्ने कार्य लज्जास्पद रहेको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ । यस घटनामा जनताको रकम हिनामिना गर्ने भ्रष्टहरुलाई छिटो भन्दा छिटो कारवाहिको प्रक्रियामा ल्याउन र शेयर सदस्य तथा वचतकर्ताहरुको रकम फिर्ता गराउन नियमक निकायहरुलाई नेकपाले अनुरोध गरेको छ ।

पार्टीका जिल्ला सेक्रेटरी हुकुम सीले हस्ताक्षर गरेको प्रेस वक्तव्यमा जनतामाथी यस्तै गैरजिम्मेवार रबैया जारी राख्ने र जनतालाई पिडित पारिराख्ने कुरा रहिरहे पार्टीले जनपरिचालन सहितको उचित कारबाही प्रक्रिया अगाडी बढाउने समेत चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्