News Portal

धुलाबारी विधुत प्राधिकरणकाे सेवा नयाँ भवनबाट

रातोपोस्ट संवाददाता
१९४ पटक

झापा, ५ माघ । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रको नयाँ भवन निर्माण भएको छ । जिल्लाको मेचीनगर नगरपालिका–१० स्थित खनाल बस्तीमा धुलाबारी वितरण केन्द्रको भवन निर्माण भएको हो । प्राधिकरणले यसअघि मेची नगरपालिकाको वडा- १० स्थित नेम्वाङ पेट्रोल पम्प नजिक रहेकाे गाेपाल क्षेत्रीकाे भाडाको घरबाट सेवा दिंदै आएको थियो ।

ठेकेदार कम्पनी कठायत निर्माण सेवा भद्रपुर झापाले निर्माण सम्पन्न गरि उक्त भवन निर्माण गरी प्राधिकरणलाई हस्तान्तरण गरेको प्राधिकरणको धुलाबारी केन्द्रका प्रमुख माघव प्रसाद यादवले जानकारी दिए । माघ २ गतेदेखि नव-निर्मित भवनबाट सेवा प्रवाह गरिएकाे उनले बताए । २ तलाको नयाँ भवनमा १२ वटा कोठाहरु रहेका छन् ।

नयाँ, सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राही र कर्मचारीलाई सहज हुने उनको भनाई रहेकाे छ । प्राधिकरणले विगत लामाे समयदेखि धुलाबारी भाडाको घरबाट सेवा दिँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्