News Portal

ललितपुरका नापी सर्वेक्षक यादवसहित तीनजना घुससहित पक्राउ

रातोपोस्ट संवाददाता
६७ पटक

काठमाडौं, १० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ।

आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले मंगलबार नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई २ लाख ५० हजार रकमसहित नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार कित्ताकाट गर्न सहजीकरण गरेको भन्दै घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई नापी कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो। तीनै जनामाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिकृया दिनुहोस्