News Portal

कुमार भट्टराईको उपन्यास ‘२८ साल’ लोकार्पण

रातोपोस्ट संवाददाता
१०१ पटक

काठमाडौं, ११ माघ । झापाका अग्रज सञ्चारकर्मी तथा साहित्यकार कुमार भट्टराईको ‘२८ साल’ नामक उपन्यास बुधबार लोकार्पण भएको छ । काठमाण्डौको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा झापा विद्रोहका योद्धा ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार पुरूषोत्तम दाहाल र लेखक भट्टराईले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन ।

कृतिको प्रकाशक साङ्ग्रिला बुक्सको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा राजनीति, पत्रकारिता र सामाजिक क्षेत्रका अगुवाहरूको उपस्थितिले हल खचाखच थियोे ।झापामा तत्कालीन युवा कम्युनिस्ट कार्यकर्ताले २०२८ देखि २०३२ सम्म सञ्चालन गरेको आन्दोलनलाई नेपालको राजनीतिक इतिहासमा ‘झापा विद्रोह’ को नामले पुकारिन्छ ।

उक्त सशस्त्र विद्रोहमा आन्दोलनकारीतर्फ ७ र विद्रोहीबाट ९ जनाको हत्या भएको थियो । घटनापछि सयौं विद्रोही जेलनेल परेका थिए भने कम्युनिस्ट आन्दोलनमा ठूलो हलचल मच्चिएको थियो । यस पुस्तकमा झापा विद्रोहका जीवित पात्र र विद्रोहीबाट हत्या गरिएका ३७ पात्रहरूको कथानक बयान छ । उपन्यासको संरचनामा लेखिएको कृतिमा कथा भन्ने पात्रहरूमा केपी ओली, सीपी मैनाली, राधाकृष्ण मैनाली, हर्क खड्का, राजेन राजबंशी, ठूलो दुर्गा अधिकारी, सानो दुर्गा अधिकारी लगायतका तत्कालीन विद्रोहका अगुवाहरू समेत छन् ।

प्रतिकृया दिनुहोस्